RMDC लघुवित्तमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना - Banking Tayaari

 


RMDC लघुवित्तमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना - Banking Tayaari |


कर्मचारी आवश्यकता सम्बन्धी सूचना (विज्ञापन प्रकाशित मिति २०७८/०७/०८) 

यस आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अर्न्तगत दर्ता भई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'घ' वर्गको थोक ऋण प्रदायक लघुवित्त वित्तीय संस्था हो । नेपालभरी कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाको मुख्य उद्देश्य लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुका साथै संस्थागत क्षमता विकासमा सहयोग पुऱ्याउनु रहेको छ । यस संस्थाको केन्द्रीय कार्यालय काठमाडौं र शाखा कार्यालयहरु कोहलपुर र ईटहरीको लागि केही सहायक कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकले यस वित्तीय संस्थाको दरखास्त फारम भरी सोसाथ आफ्नो नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कम्प्युटर तालिमको प्रमाणपत्रको प्रतिलिपि र कार्य अनुभवको पत्रहरुको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। प्राप्त दरखास्तहरु मध्ये सबै वा केही दरखास्तहरुलाई स्वीकृत वा | अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सरक्षित रहनेछ ।


पद सहायक (Assistant) पद संख्या केही सेवाको किसिम स्थायी कार्य स्थान केन्द्रीय कार्यालय, काठमाडौं र शाखा कार्यालयहरु इटहरी र कोहलपुर इटहरी 

• न्यूनतम शैक्षिक योग्यता मानविकी वा वाणीज्यशास्त्रमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र वा उच्च माध्यमिक तह उत्तीर्ण । उमेर १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको । 

● कामको विवरण कार्यालय सहायकले गर्नुपर्ने कार्यहरु 

● परीक्षाको किसिम लिखित र अन्तवातां ।


नोट

  • दरखास्त फारम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पुतलीसडक काठमाडौ वा वेबसाइट www.rmdcnepal.com बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ । दरखास्त दिंदा खाम बाहिर दरखास्त दिइएको पद अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
  • कुनै उम्मेदवारले नेपाल बाहिरका शैक्षिक संस्थाबाट शैक्षिक योग्यता हासिल गरेको भए दरखास्तको साथ सम्बन्धित निकायबाट आफ्नो शैक्षिक योग्यताको स्तर र श्रेणी निर्धारण सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ |
  • तलब तथा सुविधा संस्थाको नियमानुसार हुनेछ |
  • Shortlist मै लिखित परीक्षा वा अन्तवार्ताको लागि चयन भएको उम्मेदवारले यस संस्थाले पाउने गरी परीक्षा शुल्क रु.५००/- नगद बुझाउनु पर्नेछ 
  • इमेलबाट पठाईएका दरखास्त स्वीकार गरिने छैन 
  • सफल उम्मेदवारलाई संस्थाले आवश्यकता अनुसार आफ्नो कुनै पनि कार्यालयमा खटाउन सक्नेछ


आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. पो.ब.नं. २०७८९, पुतलीसडक, काठमाडौं फोन: ४२६८०१९, ४२६८०२० Email: rmdc@rmdcnepal.com, Website: www.rmdcnepal.com

Post a Comment

2 Comments